चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली

डिसी नेपाल
१२ चैत २०७९ ७:१७
76
Shares

काठमाडौं। चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न १५ औं साधारण सभाले पराजुलीको नेतृत्वमा पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको हो।

निर्देशक तथा कलाकार उत्तम केसीका अनुसार उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सहकोषाध्यक्षमा राज बस्न्यात सर्वसम्मत भएका छन्।

यसैगरी, सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सब केसी, अमृतमान महर्जन चयन भएका छन् भने सह सदस्यमा भने सीमा गुरुङ र रामकुमार श्रेष्ठ चयन भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *