यी संकेतहरूले देखाउँछन् कि तपाईको पेट ‘स्वस्थ’ छैन, यी टिप्सलाई गर्नुस् फलो

डिसी नेपाल
१२ चैत २०७९ १३:३४

काठमाडौँ। के तपाईलाई थाहा छ तपाईको बस्ने तरिका, तपाई कहाँ खानुहुन्छ, तपाई के सोच्नुहुन्छ र तपाईले आफ्नो खाना कत्तिको राम्ररी चपाउनुहुन्छ सबैले पाचन प्रक्रियालाई असर गर्छ? तपाईको पाचन प्रणालीको स्वास्थ्य तपाईको मुखबाट सुरु भएर तपाईको आन्द्रा र कोलोनमा पुग्छ।

तपाईंको शरीरमा प्रवेश गर्ने खानाको प्रत्येक टुक्रा तपाईंको ग्यास्ट्रोइंटेस्टाइनल ट्र्याक्टमा टुक्रिने गर्छ। यदि तपाईं ती व्यक्तिहरू मध्ये एक हुनुहुन्छ जसले खाना चाँडै खान्छ, र आफ्नो खाना राम्ररी चपाउँदैन, र खाना खाने क्रममा अन्य धेरै कुराहरूमा व्यस्त छ भने, यसले तपाईंको पेटको स्वास्थ्यलाई नराम्ररी असर गर्छ।

यसले तपाईंको शरीरमा पोषक तत्वहरूको अवशोषण कम गर्छ, जसले तपाईंको आन्द्रालाई पनि असर गर्छ। यस्तो अवस्थामा आज हामी तपाईलाई अस्वास्थ्यकर पेटका केही लक्षणहरु बारे बताउन गइरहेका छौँ । आउनुहोस् जानौं यसको बारेमा-

एसिड रिफ्लक्स- धेरै मानिसहरूलाई एसिड रिफ्लक्सको समस्या सामना गर्नुपर्ने हुन्छ। यो तब हुन्छ जब तपाईको पेटको एसिड तपाईको मुखमा फर्केर आउँछ, परिणामस्वरूप एसिडिटी हुन्छ। यसले तपाईको पेट र पाचन प्रणालीले राम्रोसँग काम नगरेको संकेत गर्छ।

ब्लोटिंग – यो दोस्रो सबैभन्दा सामान्य संकेत हो। यदि तपाईलाई पनि खाना खाने समयमा वा पछि फुल्ने र ग्यासको समस्या छ भने यसले तपाईको पेटमा केही गडबड भएको संकेत गर्छ।

कब्जियत – हाम्रो शरीरबाट फोहोर पदार्थ मलको रुपमा बाहिर निस्कन्छ। सामान्यतया एक व्यक्तिले दिनमा एक वा दुई पटक दिसा जान्छ, तर धेरै मानिसहरूले आफ्नो पेट राम्रोसँग सफा नहुने समस्याको सामना गर्नुपर्ने हुन्छ। यो समस्यालाई कब्जियत भनिन्छ। कब्जियतका कारण शरीरबाट फोहोर पदार्थ बाहिर निकाल्न निकै गाह्रो हुन्छ। यो तपाईको खराब जीवनशैली, तनाव, क्याफिन र धुम्रपानको कारणले हुन्छ।

पेट दुख्ने – यो दुखाइ पाचन प्रणालीको विभिन्न भागहरूमा हुन सक्छ। यो अक्सर अस्वस्थ खाना खाने कारणले हुन्छ। जसले आन्द्राको अस्तरलाई क्षति पुर्‍याउँछ। उदाहरणका लागि, प्रशोधित खानामा कृत्रिम रंग र रसायनहरू प्रयोग गरिन्छ। यस प्रकारको खाना दैनिक खाँदा तपाईको पेटमा धेरै नराम्रो असर पर्छ। यसबाहेक दैनिक तनाव लिने र धुम्रपान गर्दा पनि पेट दुख्न सक्छ।

पेट स्वस्थ राख्न के गर्ने ?

सोचेर खानुहोस्- यदि तपाईले जे खानु हुन्छ त्यसको फाइदा तपाईको शरीरलाई प्राप्त होस् भन्ने चाहनुहुन्छ भने खाना खाँदा सबै ध्यान खानामा मात्र दिनुहोस्। यसका साथसाथै खानालाई राम्ररी चपाएर खानु पनि जरुरी छ।

राम्ररी चपाउनु- यदि तपाईले सेवन गरेको खान राम्रो संग डाइजेस्ट होस् भनेर चाहनुहुन्छ भने त्यसलाई राम्ररी चपाउनु जरुरी छ। खानालाई राम्ररी चपाउँदा त्यसमा पाइने स्टार्च फुट्छ, जसले यसलाई सजिलै डाइजेस्ट मद्दत गर्छ।

फाइबरयुक्त खानेकुरा खानुहोस्– पेटलाई स्वस्थ राख्न फाइबरयुक्त खानेकुरालाई आहारमा समावेश गर्नुहोस्। यसमा हरियो तरकारी, चोकर पिठो, चामल, बदाम, ब्रोकाउली, दाल र सम्पूर्ण अन्न समावेश छ। आहारमा फाइबरयुक्त खानेकुराको मात्रा बढाउँदा दिसालाई सहज बनाउँछ र पेटमा कब्जियत हुँदैन। त्यसैले यसले पेटलाई स्वस्थ राख्न मद्दत गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *