मियो बिनाको राजनीति र अर्थनीति

शंकरप्रसाद रिजाल
१३ चैत २०७९ १०:४१

संसारमा जुनसुकै कुराको निर्माण गर्दा पनि जगबिनाको निर्माण असम्भव हुन्छ। जगबिनाको निर्माण बने पनि त्यो क्षणभरको लागि मात्र रहन्छ। तर पछि आफसेआफ भत्किएर जान्छ।

एक अभिभावक बिनाको परिवार एक ढाड बिनाको मानिस, एकपथ प्रदर्शक बिनाको पर्यटक, गुरु बिनाको शिक्षा, अपुरो अधुरो र अपूर्ण हुन्छ भने झैं एक मियो बिनाको देशको राजनीति र अर्थनीति पनि एकदम कमजोर र गतिहीन हुन्छ।

नेपाल पनि यो विषय अछुतो रहन सकेन। संसारका अरु देशमा बिभिन्न कालखण्डमा राजनीति र अर्थनीतिका प्रकाण्ड विद्वान र विशेषज्ञहरु जन्मिए जसले आफ्नो देशलाई अनेक र अथक परिश्रम गरेर संसारको अगाडि सक्षम बनाएका छन्।

बेलायतमा विन्स्टन चर्चिल, दक्षिण अफ्रिकामा नेल्सन मण्डेला, अमेरिकामा फ्राक्लिन डी.रुजवेल्ट, मार्टिन लुथर किंङ, फ्रान्समा नेपोलियन बोनापार्ट, भारतमा माहात्मा गान्धी, नेहरु, चीनमा मओत्सेतुंग, डेंग जियाओ पिंङ र सि जिनपिङ, रुसमा लेनिन ब्रेज्नेभ र पुटिन, सिंगापुरमा लि कुआन यु, मलेसिअमा माहाथिर मोहम्मदजस्ता आदर्श राजनीतिज्ञ जन्मिइ देशलाई अगाडि र समृद्धिशाली बनाए र यसैलाई अरुले पनि अनुशरण गर्दै गए।

आफ्नो देश बनाउन कसैले पनि अरुसँग सम्झौता गरेनन्। राजनीति प्रणाली यसै हुनुपर्छ भन्ने केही छैन। चाहे त्यो साम्यवाद होस् वा पुँजीवाद होस्। जुन बाद भए पनि जनताले राहत र सुख पाएमा त्यो ठिक हुन्छ।

मुलकुरा शासक इमान्दार, निश्वार्थी, बिबेकी, आँटिलो, फुर्तिलो दूरदृष्टि र पढेलेखेको भए पुग्छ। अर्थनीतिमा पनि ग्यालालियो, आदम स्मिथ, कार्लमाक्र्स, मनटेसकिउ, निकोलास बारबर, आइजाक् गेर्भेस, निकोलस बार्बन, सर वीलीयम पेटी, जोन ल, रिचार्ड क्यान्टिलन, ड्यभिड ह्युम, र यस्तै प्रख्यात अर्थशास्त्रीको जन्म भयो जसले विश्वकै अर्थनीतिलाई एउटा बलियो आधार बनाई संसारबाट बिदा भए।

आज तिनीहरुकै बिचार र सिद्धान्तहरुलाई पालना गर्दै देशलाई आर्थिक कोंणले मजबुत पारेका छन्। पछि फेरि माल्थस, जे एस मिल, रिकार्डो, जेरेमी बेन्थाम, इडवार्ड जिब्बन, कोर्नेट र हायेक जस्ता धुरन्धर अर्थशास्त्रीको जन्म भयो जसले आर्थिक जगतको नीतिमा विभिन्न बिषयको अध्ययनबाट आधुनिक अर्थनीतिमा तहल्का मच्चाए।

यही राजनीतिक र अर्थनीतिको मियोको रुपमा अनुशरण गरि आफ्नो देश बनाउने शासकले आफ्नो देशलाई सुन्दर र दरिलो बनाएका छन् भने मियो नसमाती जबरजस्ती र जथाभाबी राजनीति र अर्थनीति चलाउने देशका शासकले देशको राजनीति र अर्थनीतिलाई कोमामा पुर्‍याएका छन्।

आज नेपाल कोमामा पुग्न गएको छ। जहाँ राजनीतिमा जाल झेल, लुटपाट, व्यभिचार र बेस्यावृत्ति हुन्छ, त्यस्तै जहाँ देशको अर्थनीतिको मियोलाई भाँचकुच पारेर टुकुचामा फालिन्छ त्यहाँ अर्थनीति लुटनीतिमा परिणत हुन्छ। मियो हराएको राजनीतिमा राजनीतिको नीति हुँदैन।

कैयौं अरु राजा हुने दौडमा लागेका छन्। कुन बेला कुन देशको गुलाम बनी कुन बेला राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बनेर देशको राजनीति र अर्थनीतिलाई दोहन गरी आफू बादशाहको जीवन झैं व्यतित गरी बाच्ने र आफ्ना परिवार र आसेपासेलाई पनि आफू जस्तै बनाउने भन्नेमा तल्लिन हुने तर देशको उन्नति कसरी गर्ने भन्नेमा एक मिनेट पनि नसोच्ने नक्कली मियो रुपी नेताहरुको जग्जगीले देश आज राजनीति र आर्थिक पीडाले आक्रान्त बनेको छ।

कोही जोगी र कोही भैसी भइ जोगीदेखि भैसी डराउने र भैंसी जोगीदेखि डराउने प्रबृत्ति बढ्न गई राजनीतिको सर्वस्व हरण भई नांगो हुन जाने हुँदा त्यहाँ कसको कुरा कसले सुन्ने कुनै सम्भव हुँदैन।

तसर्थ मियो बिनाको राजनीति र अर्थनीति अर्थ न बर्थको हुन गई देश बरबाद हुने र नेता, शासक र तिनका झोलेहरु लोभी पापी भइ अलल्य सम्पत्ति कमाई देशमा रजगज जमाइ जनता भने सधैं अभावमा रही रहने हुन जान्छ। नेपाल आज यस्तै अबस्थामा गुज्रिइरहको छ।

जुन बेलादेखि देशमा राजतन्त्रको मियो ध्वस्त पारी त्यसको सट्टामा तुरुंत आर्को मियोको ब्यबस्था नगरी जथाभाबी राजनीति र अर्थनीति चलाउने गति नेपालको जस्तो नभए अरु कसको जस्तो हुने? आज मियो बोकेको बेलायत, अमेरिका, चीन, जापान, भारत, मलेसिया, अरब देश र युरोपका देशहरु कति बिकासको चुलीमा पुगेको छ।

सबैलाई जगजाहेर भएकै कुरा हो। सबै मियो बन्न खोज्ने तर मियोको गुण, प्रतिभा, बुद्धि बिबेक कसैसँग नहुने र खालि राजनीतिमा अनियन्त्रित ढण्डोरा पिटी सत्तामा पुग्ने काममात्र गर्ने र अर्थनीतिमापनि कालोबजारी, कमिसन र लुट्ने मात्र काम गर्ने शासकको प्रवृत्तिले गर्दा आज देश नेपाल हरेक कुरामा पछाडि परेको छ।

नेपालको राजनीति र अर्थनीतिमा मियो रहेको भनेको कि पृथ्वीनारायण शाहको पालामानै हो जुनबेला नेपाल एकीकरण हुँदै थियो भने अर्थनीतिलाई बिदेशीको चलखेल हुन नदिई आफ्नै देशको उब्जनी र मेहनतमा फलाई फुलाई खाने लाउने हो चाहे त्यो राम्रो होस् वा नहोस्।

पछि राजा त्रिभुबन राणाको चंगुलबाट उम्किइ आफू मियो भइ देशमा प्रजातन्त्र ल्याए भने उनको कार्यकाल पश्चात राजा महेन्द्रले पुनः मियो बनी आधुनिक नेपालको प्रारम्भ गरे। भारतको राजनैतिक र आर्थिक थिचो मिचोबाट उम्किइ नेपाललाई हाम्रो नेपाल बनाउन सफल भए। बाटो घाटोको सर्वत्र निर्माण भयो।

उद्योग कल कारखाना ठाउँ ठाउँमा खोलिए। धान चामल निर्यात गरिन्थ्यो। ब्यापार घाटा कम थियो। गरीब कम थिए। परराष्ट्र नीति बलियो सवल र सम्मानजनक थियो। बिदेशी सम्मान र आदर थियो। पछि उनको मृत्यु पछि राजा वीरेन्द्रले पुनः देशको मियो बनेर राजनीति र अर्थनीति सम्हाले।

आज कसले भन्न सक्छ कि यी राजाहरुको पालामा देशको राजनीति र अर्थनीति बिग्रेको थियो? किनकि त्यो बेलामा राजाहरुले मियोको रुपमा रहेर शासन गरेका थिए। २०१९ सालको संबिधान बिस्तारै संशोधन हुँदै आइरहेको थियो। २०३५ सालमा जनमत भएकै थियो।

फेरि २०४७ सालमा राजा वीरेन्द्रकै पालामा उत्कृष्ट संबिधान बनेकै थियो। यो सबै मियो भएकै कारणले यस्तो हुन गएको हो। तर जब देश भित्रका नेताहरुलाई बिदेशीको शनिश्चरे हावा लाग्यो तब आफ्नो देश भित्रको मियोलाई बेवास्तागरी माओबादी जत्था जन्माई देशमा कोलाहल, हत्या हिंसाको बातावरण सृजना गरी उद्योग कल कारखाना नष्ट गरी मियोको रुपमा रहेको राज शासनलाई कमजोर पार्ने काममा सबै पार्टीहरु भित्र भित्रै लागे।

आखिर सबै मिलेर राज शासनको मियोलाई दरवार हत्या काण्डसँग जोडी राज शासनको अन्त्य गरि छाडे। यसमा नेपालका सबै पार्टीका नेताहरु नतमस्तक बनेर बसे। किनकि मियोको रुपमा रहेको राजसंस्थालाई हटाई आफू आफ्नै नक्कली मियो बनी झन्डै राजा झैं बनी उनीहरु राज गर्न चाहन्थे जुन कुरा आज आएर प्रमाणित हुन गएको छ। पार्टीका प्रत्येक नेताहरु श्रीपेच बिनाको राजा भएर देशको राजनीति र अर्थनीतिमा रजगज जमाई बसेका छन्।

कैयौं अरु राजा हुने दौडमा लागेका छन्। कुन बेला कुन देशको गुलाम बनी कुन बेला राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बनेर देशको राजनीति र अर्थनीतिलाई दोहन गरी आफू बादशाहको जीवन झैं व्यतित गरी बाच्ने र आफ्ना परिवार र आसेपासेलाई पनि आफू जस्तै बनाउने भन्नेमा तल्लिन हुने तर देशको उन्नति कसरी गर्ने भन्नेमा एक मिनेट पनि नसोच्ने नक्कली मियो रुपी नेताहरुको जग्जगीले देश आज राजनीति र आर्थिक पीडाले आक्रान्त बनेको छ।

देशमा कुनै कुराको स्थिरता छैन। के राजनीति, के अर्थनीति, के धर्मनीति, के समाजनीति र के संस्कृतिनीति। त्यस्तै के ब्यापार नीति, के उत्पादन नीति, के वितरण नीति, के निर्माण नीति, के शिक्षानीति र के परराष्ट्रनीति। सबै कुरामा बिनास शिवाय केही छैन।

मियो नभएको राजनीति र अर्थनीति र मियो नभएको देश भनेको यही हो। आज मित्र राष्ट्र रिसौलान् कि भनेर चेकजाँच नै नगरी नेपालका सारा उर्बरा जमिन आवाद नगरी बिदेशबाट धमाधम बिषादी अन्न अनादि र तरकारी भित्र्याइ ख्वाउने यही देशका नेता हुन् जो मियो बिनाको राजनीति र अर्थनीतिमा खेलबाड गरिरहेका छन्।

देशमा कुनै कुराको स्थिरता छैन। के राजनीति, के अर्थनीति, के धर्मनीति, के समाजनीति र के संस्कृतिनीति। त्यस्तै के ब्यापार नीति, के उत्पादन नीति, के वितरण नीति, के निर्माण नीति, के शिक्षानीति र के परराष्ट्रनीति। सबै कुरामा बिनास शिवाय केही छैन।

२०४७ साल भन्दा अगाडि राजावादीहरुलाई अर्राष्ट्रिय तत्व मान्ने लोकतन्त्रबादी नेताहरुको जत्था आज एकै ठाउँमा बसी राष्ट्रलाई हर तरहबाट दोहन गरी आफैं अर्राष्ट्रिय तत्व बनी देशलाई कंगाल बनाइरहेका छन्।

आज देशको मियो मासेर आएका तमाम नेताहरु राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बनेर राष्ट्रलाई के गरे र राष्ट्रको विकास बारे कति चिन्तन र मनन गरे भन्दा हात लाग्यो शून्य छ। सुनिन्छ विदेशका राष्ट्रपति र प्रधानमन्त्री रातको चार घण्टामात्र सुत्छन रे। भारतका नरेन्द्र मोदी त्यसै गर्छन् र अमेरिकाका तात्कालीन राष्ट्रपति बाराक ओबामा पनि त्यस्तै चार घन्टामात्र सुत्थे रे।

वाह! देशको मियो हुनु त यस्तो पो त जसले देशको बारेमा सधैं चिन्तन गरोस्। सधैं पार्टीको गुजुल्टो मिलाउनमा र आफू पदमा रही रहने र सामुहिक भ्रष्टाचार गरी देशलाई भिजेको बिरालो जस्तो बनाइ तमासा हेर्ने र देशको राष्ट्रियता, राजनीति, अर्थनीति, धर्म र संस्कृतिको जगेर्ना नगर्ने नेतालाई हामी कसरी अब मियोको रुपमा लिन सक्छौं र। कदापि सक्दैनौं।

हामीलाई थाह छ आजका हरेक नेताको स्वाभाव, इच्छा र आकांक्ष। आफू बाहेक अरुलाई नदेख्ने नेतालाई मियो कसरी र किन बनाउने। संसार हसाई रहने बेला अब छैन।

कोविडको बेला औषधिमा कमिसन खाने, भूकम्प आएको बेला पाल र जस्तापाता आफ्नो महलमा जम्मा गर्ने, परिवारको आफूलगायत जो सुकै बिरामी भएपनि सरकारी ढुकुटी खर्च गर्ने, सरकारी जगगा जमिन बेच्ने, हरेक संवैधानिक पदलाई बजारीकरण गर्ने, हरेक मन्त्रिमण्डलको हेरफेरमा मालदार मन्त्रालयमा आफ्नालाई नियुक्त गर्ने, २०६२/०६३ पछि त झन् बुर्जुवा शासन चलाई टाउकाको मोल तोक्ने र तोकिनेहरु एउटै थालमा बसी सत्ताको बागडोर सम्हाल्ने, दरवार हत्याकाण्ड पछि ६२/६३ को दिल्लीको १२ बुँदे सम्झौता पछि भारतको कन्फोर्टेबल सरकार भनी नेपालको नेपालको राजनीति र अर्थनीतिलाई भारतको पोल्टोमा राखी नेपालमा सधैं अशान्ति फैलाइरहने, अनि मेची बेच्ने, माहाकाली, टनकपुर बेच्नेलाई कसरी मियो मान्ने?

आफ्नो दिल र दिमाग नभएकाले अलग बिचार लिइ पार्टी खोले तापनि चुनावमा पहिल्यै गठबन्धन गरी चुनाबमा जित्ने र बिजयी पछि अर्काको बुइ चढेर सबैभन्दा सानो ३२ सिटे पार्टीले देशको शासनको बागडोर आफ्नो हातमा लिई राज्य गर्ने मियोको राजनीति र अर्थनीति देशले खोजेको होइन।

मियो त्यो हो जसले देशको सम्पूर्ण कुराको बिचार राख्दछ। आज २३ अरब राष्ट्रको ऋण रहेकोमा २३ खरब पुर्याउने, ५० लाख ७० हजार गरीब जनता बनाउने र ५७ लाख बालबालिकालाई कुपोषणबाट जीवनयापन गराउन बाध्य बनाउने, कुनै बिकास र उन्नतिको घण्टी नबजाउने, खाली पार्टीभित्र घात र अन्तर्घात गरी ठगबन्धनको राजनीति गरी हिँड्ने, नदीनाला बेच्ने, देशको सरकारी जग्गा बेच्ने, देशको युएन पार्क कौडीको मोलमा बेची क्रिश्चियन चर्च बनाउने योजना गर्ने र आफूखुसी ऐन नियम कानुन मिच्दै, बेला बेलामा आन्दोलनको धाक र धम्की दिइ सत्तामा राज गरिरहने दम्भ र घमण्डले भरिएका नेताहरुकै शासन चलिरह्यो भने नेपाल र नेपालीले अझै धेरै दुख पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *