न्यायसम्बन्धी विधेयकलाई संशोधन गर्न सभामुख घिमिरेलाई बुझाए ज्ञापन पत्र (भिडियो)

डिसी नेपाल
१५ चैत २०७९ १४:०५

काठमाडौं । द्वन्दपिडित सुरक्षाकर्मी परिवार संस्थाले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले हालै ल्याएको संक्रमणकालिन न्यायसम्बन्धी विधेयकले आफुहरुको माग सम्बोधन हुन नसक्ने भएकाले यसलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै बुधबार संस्थाले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले सरकारले ल्याएको बिधेयकका केहि दफाहरुमा संशोधन गर्नुपर्ने बुँदाहरुका बारेमा पनि जानकारी गराएका छन् ।

संस्थाको ज्ञापन पत्र बुझ्दै सभामुख घिमिरेले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई बिधिसम्वत ढंगबाट अघि बढाउने बताएका छन्। उनले सरकारले ल्याएको बिधेयकमाथि संशोधन आइरहेको भन्दै त्यसलाई समेटेर अघि बढ्ने धारणा राखे । संस्थाले दिएको सुझावहरुलाई आफुले दलहरुबीच छलफल चलाउने उनको भनाइ छ । संस्थाले सशस्त्र द्वन्द्व कारण जनधनको क्षति व्यहोरेका पीडित सुरक्षाकर्मीहरू माथि अन्याय भएको भन्दै विधेयकमा आफूहरुको माग समावेश हुनुपर्ने जनाएका छन् ।
हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *