राहुल गान्धीविरुद्ध बेलायतको अदालतमा मुद्दा हाल्छु : ललित मोदी
काठमाडौं । ललित मोदीले कांग्रेस नेता राहुल गान्धीविरुद्ध बेलायतको अदालतमा मुद्दा दायर गर्ने घोषणा गरेका छन् ।
आफ्नो ट्वीटर अकाउन्टमा एकपछि अर्को गर्दै ट्विट गर्दै उनले आफूलाई कुन आधारमा फरार भनियो भन्ने प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, “मैले देखेको छु कि टम, डिक र गान्धी परिवारका कुनै पनि सदस्यले मलाई बारम्बार फरार भनिरहेका छन्… किन ? कसरी ? मलाई यो मुद्दामा कहिले दोषी ठहर गरियो…।”
यसपछि उनले लेखे, “मैले बेलायती अदालतमा राहुल गान्धी विरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छु। म पक्का छु कि उनले बलियो प्रमाण पेश गर्नुपर्नेछ।”
केही दिन अघि कांग्रेस नेतृ प्रियंका गान्धीले ललित मोदीमाथि ट्वीट गर्दै आरोप लगाएकी थिइन् ।
राहुल गान्धीले पनि ललित मोदीको नाम लिएर भाजपामाथि धेरै पटक आरोप लगाएका छन् ।







डिसी नेपाल







Facebook Comment