पोप फ्रान्सिसलाई सास फेर्न समस्या, अस्पताल भर्ना
काठमाडौं । क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसलाई सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको छ । यसबारे जानकारी दिँदै भ्याटिकनले ८६ वर्षीय पोप फ्रान्सिसलाई पछिल्ला केही दिनदेखि सास फेर्न समस्या भइरहेको बताएको छ । तर उनी कोभिडबाट संक्रमित भने छैनन् ।
यो विज्ञप्तिमा संक्रमणका कारण पोप फ्रान्सिस आगामी केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने पनि बताइएको छ । पोप फ्रान्सिसका लागि यो वर्षको सबैभन्दा व्यस्त समय हो जब उनले सबै कार्यक्रममा भाग लिनुपर्छ।
गत बुधबार सेन्ट पिटर स्क्वायरमा आएका मानिसहरूलाई उनले सम्बोधन गरेका थिए। यस क्रममा उनी राम्रो देखिन्थे तर कारमा चढ्दा उनी अलि असहज देखिन्थे । भ्याटिकनले यसअघि पोप फ्रान्सिस पूर्व निर्धारित चेकअपका लागि अस्पताल गएको बताएको थियो।
तर इटालीको मिडियाले भ्याटिकनको दाबीमाथि प्रश्न उठायो जब उनले अचानक टिभी अन्तर्वार्ता अस्वीकार गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment