विवाहको हल्ला चलिरहेको बेला परिणीति चोपडा र राघव चड्डा दिल्ली एयरपोर्टमा देखिए

डिसी नेपाल
१६ चैत २०७९ १४:३६
312
Shares

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा बुधबार साँझ दिल्ली एयरपोर्टमा आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डासँग देखिएकी थिइन् ।

पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा उनीहरुको सम्बन्ध र विवाहको हल्लाको बजार तातो छ । यद्यपी दुबैले हालसम्म यसबारे खुलेर कुनै प्रतिक्रिया दिएका छैनन् ।

हालै संसद परिसरमा पत्रकारले राघव चड्डालाई परिणितीसँग सम्बन्धित प्रश्न सोध्दा उनले ‘तपाइँ राजनीतिमा प्रश्न गर्नुस्, परिणीतिबारे होइन’ भने ।

समाचार एजेन्सी एएनआईका अनुसार, परिणीति चोपडा र राघव चड्डा हिजो राति पत्रकार र फोटोग्राफरहरूलाई बेवास्ता गर्दै कार भित्र तीव्र गतिमा हिडिरहेका देखिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *