अमेरिकालाई परमाणु हतियारको जानकारी नदिने रूसको घोषणा

डिसी नेपाल
१६ चैत २०७९ १५:३८
240
Shares

काठमाडौं । रुस र अमेरिकाबीचको सम्बन्ध निरन्तर बिग्रँदै गएको छ । रुसका उप विदेशमन्त्रीले बुधबार नयाँ स्टार्ट सन्धि अन्तर्गत अमेरिकालाई नयाँ आणविक हतियारको परीक्षणको जानकारी नदिने घोषणा गरेका छन्।

उप विदेशमन्त्री सर्गेई र्याबकोभले त्यहाँको समाचार एजेन्सीलाई भने कि गत महिना नयाँ स्टार्ट सन्धि छोडेदेखि हामीले अमेरिकालाई हाम्रा नयाँ आणविक परीक्षणहरूबारे जानकारी दिन बन्द गरेका छौं। हामी अमेरिकालाई कुनै पनि जानकारी दिनेछैनौं उनीहरूले जेसुकै गरुन् ।

वास्तवमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धको एक वर्ष पूरा भएको दिन फेब्रुअरीमा देशलाई सम्बोधन गरेका थिए । यसै क्रममा उनले अमेरिकासँगको परमाणु सम्झौता रद्द गर्ने घोषणा गरेका थिए ।

नयाँ स्टार्ट सन्धि अमेरिका र रुस बीच बाँकी रहेको एकमात्र परमाणु सम्झौता थियो। जसअन्तर्गत दुवै देशले एकअर्कासँग आफ्ना आणविक हतियार परीक्षणको जानकारी आदानप्रदान गर्थे । आणविक हतियारहरू प्राप्त गर्ने दौडलाई नियन्त्रणमा राख्नको लागि तिनीहरूको संख्यामा सीमितता राख्न सकियोस् भनेर यो सन्धि गरिएको थियो।

अमेरिकाले पनि मंगलबार आफ्नो आणविक हतियारको जानकारी रुसलाई नदिने घोषणा गरेको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसले दुई देशबीचको परमाणु सम्झौताको सन्धिलाई राम्ररी पालना नगरेको बताएका थिए । उनले भने ‘त्यसैले हामीले अमेरिकाको आणविक हतियारको जानकारी पनि नदिने निर्णय गरेका छौं ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *