वाल स्ट्रीट जर्नलका संवाददाता जासुसीको आरोपमा पक्राउ

डिसी नेपाल
१७ चैत २०७९ १३:१८
72
Shares

वासिङटन। रुसको सुरक्षा सेवाले जासुसी गरेको आरोपमा वाल स्ट्रीट जर्नलका संवाददातालाई पक्राउ गरेको छ। शीतयुद्धपछि पहिलोपटक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका हुन्। पत्रिकाले रुसी आरोप अस्वीकार गर्दै उनको तत्काल रिहाइको माग गरेको छ । साथै पत्रिकाले उनका परिवारजनप्रति ऐक्यबद्धता प्रकट गरेको छ।

एकतीस वर्षीय इभान गर्शकोविचलाई रुसको चौथो ठूलो शहर येकातेरिनबर्गबाट बुधबार पक्राउ गरेको हो। रुसको सङ्घीय सुरक्षा सेवाले उनलाई गोप्य सूचना प्राप्त गर्न खोजेको आरोप लगाएको छ। अमेरिकाको निर्देशनमा उनले रुसी सैनिक र उसका गतिविधिबारे सूचना सङ्कलन गरेको आरोप लगाइएको छ।

रुसको गुप्तचर सेवा एफएसबीले पत्रकार गर्शकोविचलाई पक्राउ गरेको हो। शोभियत युगको गुप्तचर निकाय केजिबीको मुख्य उत्तराधिकारीका रूपमा एफएसबी परिचित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *