सप्तरीमा कार दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

डिसी नेपाल
१८ चैत २०७९ ६:५७

सप्तरी। सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अरू तीन जना घाइते भएका छन्।

शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो। दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका-५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *