ब्राजिलका पूर्व प्रधानमन्त्री जायर बोल्सोनारो स्वदेश फर्किए
काठमाडौं । ब्राजिलका पूर्वप्रधानमन्त्री जायर बोल्सोनारो निर्वासन छाडेर ब्राजिल फर्किएका छन् । उनी सोमबार अमेरिकाको फ्लोरिडाबाट विमानबाट देशको राजधानी ब्रासिलिया पुगेका हुन् ।
अति दक्षिणपन्थी नेता बोल्सोनारोले आफूलाई निर्वासित गरेका थिए र विगत तीन महिनादेखि फ्लोरिडामा थिए।
उनलाई स्वागत गर्नका लागि उनका समर्थकहरु ब्राजिलको झण्डा बोकेर उपस्थित थिए र उनलाई ‘लिजेण्ड’ भनेर सम्बोधन गरिरहेका थिए । तर, उनलाई विमानस्थलको पछाडिको ढोकाबाट बाहिर निकालिएको थियो ।
स्थानीय समय अनुसार बिहान ६ः३७ मा उनको विमान अवतरण गर्दा विमानस्थलमा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।
चुनाव हारेपछि ८ जनवरीमा उनका समर्थकहरूले ब्राजिलको संसदमा आक्रमण गरेपछि बोल्सोनारो देश बाहिर गए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment