रसुवा अस्पतालले स्थानीय तहमै प्रसूति सेवा दिने
रसुवा। रसुवा अस्पताल धुञ्चेले स्थानीय स्तरमै प्रसूति सेवा दिने भएको छ। यसका लागि अस्पतालले डाक्टरको व्यवस्था गरेको र अब छिट्टै यो सेवा सुरु हुने बताइएको छ। यो सेवा सुरु भएपछि सुत्केरी हुनकै लागि काठमाडौँ जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।
रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले स्थानीय स्तरमै नियमित गर्भ परीक्षण र शल्यक्रिया सेवा दिन तयारीका सुरु गरिएको बताए। सुरक्षित प्रसूति सेवाका लागि दक्ष चिकित्सकको व्यवस्था भइसकेको र आवश्यक उपकरण धुञ्चे पुगेको उनको भनाइ छ।
शल्यक्रियाका लागि पूर्वाधार जडान भइरहेको अस्पतालको भनाइ छ। प्रसूति सेवाका लागि निक्स साइमन इन्स्टिच्युटले चिकित्सक उपलब्ध गराएको छ। साथै बिरामीको समस्या पत्ता लगाई उपचार सेवा प्रभावकारी बनाउन अल्ट्रासाउन्ड (भिडियो एक्स्रे) एवं डिजिटल एक्स्रे समेत सञ्चालनमा ल्याएको छ अस्पतालका सूचना अधिकारी कृपा विसुङ्खेले जानकारी दिए।
पन्ध्र शय्या क्षमताको जिल्ला अस्पतालमा बढ्दो बिरामीको चाप धान्न अस्पताल प्रशासनले सम्बन्धित मन्त्रालय तथा विभागसँग थप स्वास्थ्यकर्मीको माग गर्दै आएको छ। अस्पतालमा गत साउनदेखि फागुनसम्म तीन हजार पाँच सयले बहिरङ सेवा लिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment