खाली पेटमा चिया–कफी कहिल्यै नपिउनुहोस्, हुनसक्छ स्वास्थ्यका यस्तो समस्या
काठमाडौं। चियाको शौकीन मानिसहरु धेरै छन्। चोकचोकमा मानिसहरु चिया पिउने गरेको देखिन्छ । धेरै मानिसहरु बिहान खाली पेटमा चिया पिउन मन पराउँछन् । यदि तपाई पनि त्यस्ता व्यक्तिहरु मध्ये एक हुनुहुन्छ जो बिहान उठ्ने बित्तिकै चिया पिउन मन पराउनुहुन्छ भने हामी तपाईलाई बताउँछौं कि तपाईको यो बानी तपाईको स्वास्थ्यको लागि धेरै हानिकारक हुन सक्छ।
तपाइँ बिहान खाली पेटमा क्याफिनको सेवन गर्नुहुन्छ र खाली पेटमा चिया वा कफी पिउन रुचाउनुहुन्छ भने, यसले तपाइँको पाचनमा धेरै समस्या ल्याउन सक्छ। आउनुहोस्, आज हामी तपाईलाई खाली पेटमा चिया वा कफी पिउनाले हुने स्वास्थ्यका लागि हुने खतराहरुका बारेमा बताउनेछौँ ।
अनिद्रा–एक अध्ययनका अनुसार चियाको अत्यधिक सेवनले अनिद्राको समस्या निम्त्याउँछ र यसका कारण चिडचिडापन र थकानको समस्या सुरु हुन्छ।
हड्डी कमजोर बनाउँछ– यदि तपाईंले हरेक बिहान खाली पेटमा चिया वा कफी पिउनुभयो भने, यसले केही वर्षमा शरीरको जोर्नीहरूमा दुखाइ निम्त्याउँछ। पछि हड्डी कमजोर हुन जान्छ ।
एसिडिटी– खाली पेटमा चिया पिउनाले हाम्रो भोक मार्छ र हामीलाई घन्टौं खाना खान मन लाग्दैन। जसका कारण पेटमा ग्यास बन्ने समस्या हुन थाल्छ । जसका कारण पेटमा एसिडिटीको समस्या हुन थाल्छ । त्यसैले बिहान खाली पेटमा चिया वा कफी पिउनु हुँदैन ।
पोषणको कमी–यदि तपाईंले हरेक बिहान खाली पेटमा चिया पिउनुहुन्छ भने, यसले शरीरमा पोषक तत्वहरू अवशोषित हुन दिँदैन। यसले भोक पनि कम गर्छ ।
दाँतका लागि हानिकारक– बिहान खाली पेटमा चिया पिउनाले शरीरमा एसिडिटी बढ्छ र दाँतसँग सम्पर्कमा आएर दाँतको इनामेल बिग्रन्छ । जसका कारण गिजा सुन्निने समस्या पनि हुन्छ । बिहान खाली पेटमा चिया पिउनु दाँतका लागि हानिकारक हुन्छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment