विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिन पराजित, पेट्री ओर्पो फिनल्याण्डको प्रधानमन्त्री निर्वाचित
काठमाडौं । फिनल्याण्डको कन्जरभेटिभ पार्टीका नेता पेट्री ओर्पोले वर्तमान प्रधानमन्त्री सान्ना मारिनलाई पराजित गर्दै प्रधानमन्त्रीको चुनाव जितेका छन् । जितपछि ओर्पोले भने, ‘हामीले सबैभन्दा ठूलो जनादेश पाएका छौं ।’
प्रधानमन्त्री पदको दौड तीन दिनसम्म चल्यो र हरेक पल परिवर्तन हुँदै गयो । पहिलो मतगणनामा सन्ना मरिन अगाडि थिइन् । त्यसपछि पासा घुम्यो र कन्जरभेटिभ पार्टी अगाडि बढ्यो।
ओर्पोले २०.८ प्रतिशत, फिनल्याण्डको पपुलिस्ट पार्टीले २०.१ प्रतिशत मत प्राप्त गरेको छ । डेमोक्रेटिक नेता साना मारिनको पार्टीले १९.९ प्रतिशत मत प्राप्त गरेको छ ।
तर सन्ना मारिनको पोल रेटिङ उच्च छ र फिनल्याण्डलाई नेटोमा नेतृत्व गरेको र कोभिड १९ मा देशको नेतृत्व गरेकोमा प्रशंसा गरिएको छ।
कन्जरभेटिभ नेता ओर्पोले जीतको दावी गरेपछि सान्ना मारिनले जनादेश स्वीकार गरेर उनलाई बधाई दिइन् ।
उनले भनिन्– ‘निर्वाचन जित्नेलाई बधाई, राष्ट्रिय गठबन्धन पार्टीलाई बधाई, फिनस पार्टीलाई बधाई । यो लोकतन्त्रको जवाफ हो।”







डिसी नेपाल







Facebook Comment