इजरायलले सिरियाबाट आउँदै गरेको विमान खसालिदियो
काठमाडौं । इजरायल र सिरियाबीच फेरि तनाव बढ्न सक्छ। इजरायली सेनाले सिरियाली पक्षबाट आफ्नो आकाशमा प्रवेश गरेको एउटा विमानलाई खसालेको दाबी गरेको छ । एजेन्सीका अनुसार इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै विमानलाई शूट गरिएको जानकारी दिएको छ।
आइडीएफले भन्यो कि एक अज्ञात विमान आफ्नो क्षेत्रमा प्रवेश गर्न कोशिस गर्दै थियो, जसलाई उनीहरुले शूट गरेका छन् । उसले थप भनेको छ कि लडाकु विमानले कुनै खतरा पैदा गर्न खोजेको थिएन, तर सावधानीका रूपमा यसलाई खसालिएको थियो।
इजरायल र सिरियाबीच लामो समयदेखि तनाव चलिरहेको छ । इजरायलले सिरियाका धेरै क्षेत्रमा इरान समर्थित आतंककारीले आफ्नो गतिविधि सञ्चालन गरेको भन्दै बमबारी गरेको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरायलले मार्च महिनामा मात्रै सिरियाका ६ वटा विभिन्न लक्ष्यमा बमबारी गरेको थियो ।
इजरायलको कारबाही अघिल्लो दिन सिरियाली रक्षा मन्त्रालयले इजरायलले छापामार कारबाही गर्दा सिरियाको होम्स प्रान्तका धेरै चौकीहरूलाई निशाना बनाएको बताएको थियो। पश्चिमी गुप्तचर एजेन्सीहरूले दावी गरेका छन् कि इजरायलले मध्य क्षेत्रमा धेरै एयर बेसहरूलाई निशाना बनाएको छ।
इजरायली सेनाले सिरियामा हालै भएको आक्रमणको बारेमा थप विवरण दिन अस्वीकार गरेको छ। यसअघि सन् २०२२ को फेब्रुअरीमा इजरायलले दमास्कसका ‘आवासीय’ भवनहरूमा मिसाइल प्रहार गरेको थियो। दमास्कसमा इजरायली हमलामा सर्वसाधारणसहित १५ जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख छ । हमला दमास्कसको एक आवासीय भवनमा भएको थियो।
यसअघि पनि सिरियामा अर्को हमला भएको थियो, जसमा करिब ५३ जनाको मृत्यु भएको थियो । यस आक्रमणको जिम्मेवारी आइएसआइएसले लिएको थियो। सिरियाली सरकारी सञ्चारमाध्यमले यो जिहादीहरूले पछिल्लो एक वर्षमा गरेको सबैभन्दा घातक हमला भएको बताएको थियो।







डिसी नेपाल







Facebook Comment