रूसले उत्तर कोरियालाई खाद्यान्न दिएर हतियार साट्ने !

डिसी नेपाल
२० चैत २०७९ १५:४५
772
Shares

काठमाडौं । युक्रेन युद्धमा हतियारको अभाव पूरा गर्न रूसले अब उत्तर कोरियाको सहयोग खोज्ने भएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यस्तो दाबी गरेका छन् । किर्बीका अनुसार रुसले उत्तर कोरियालाई हतियारको बदलामा अन्न दिने भएको छ । यस विषयमा दुई देशबीच चाँडै नै सम्झौता हुनसक्छ ।

जोन किर्बीले दुई देशबीचको यो सम्झौता गराउन रुसले उत्तर कोरियामा प्रतिनिधिमण्डल पठाउने बताएका छन् । उनले यो सम्भावित सम्झौतामा अमेरिकाले निरन्तर नजर राखेको बताए । पत्रकार सम्मेलनमा जोन किर्बीले रुस र उत्तर कोरियाबीचको सम्झौता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को नियमविपरीत भएको पनि बताए ।

यसअघि अमेरिकाले स्लोभाकियाका व्यक्तिलाई युक्रेनमा युद्ध लड्न उत्तर कोरियाबाट रुसलाई हतियार ल्याएको आरोप लगाएको थियो । बिहीबार अमेरिकाले अशोट मार्काचेभ नामका युवामाथि प्रतिबन्ध पनि लगाएको थियो ।

सन् २०२२ को अन्त्य र २०२३ को सुरुमा रुस र उत्तर कोरियाबीच भएको हतियार सम्झौतामा अशोटले सहयोग गरेको अमेरिकाले आरोप लगाएको थियो। उत्तर कोरियाले रुसलाई हतियार पुर्‍याएको बदलामा नगद, व्यावसायिक विमान र कच्चा पदार्थ दिइएको आरोप लगाइएको थियो।

बीबीसीको रिपोर्टअनुसार सन् १९९० को दशकमा उत्तर कोरियामा खतरनाक अनिकाल परेको थियो । त्यसयता खाद्यान्न अभाव छ । फेब्रुअरीमा, विज्ञहरूले चेतावनी दिएका थिए कि अन्न उत्पादनमा कमीले उत्तर कोरियाको खाद्य संकट गहिरो हुँदैछ। प्रतिकूल मौसम र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण त्यहाँको अवस्था बिग्रँदै गएको छ ।

दक्षिण कोरियाको स्याटेलाइट छविबाट सन् २०२२ मा उत्तर कोरियामा सन् २०२१ को तुलनामा १८ हजार टन कम अनाज उत्पादन भएको देखाइएको छ ।

२०२२ मा उत्तर कोरियाको एक रिपोर्टले दावी गरेको थियो कि किम जोङ उनले मानिसहरूलाई अन्नको अभाव पूरा गर्न कम खाना खान आग्रह गरेका थिए। उत्तर कोरियाको आधिकारिक सञ्चारमाध्यमका अनुसार कोरिया वर्कर्स पार्टी (डब्लुपीके) को बैठकमा किम जोङले भनेका थिए– अब देशमा कारखाना स्थापना गर्ने र जनताको जीवनस्तरमा सुधार गरिने छ । यतिबेला देश ‘जीवन र मृत्युको संघर्ष’ गरिरहेको छ ।

किमको मिडियाले सार्वजनिक गरेको तस्विरमा उनी पहिलेको भन्दा धेरै दुब्ला देखिएका थिए । सरकारी अधिकारीहरुका अनुसार किम जोङले देशमा खाद्यान्नको अभावलाई ध्यानमा राखेर आफ्नो खानामा कमी गरेका थिए । यससँगै उनले अवस्था सामान्य नहुँदासम्म देशका जनतालाई कम खाना खान निर्देशन दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *