किसानः कतै चैते धान रोप्दैं कतै उखु खेती गर्दै (फोटो)

डिसी नेपाल
२१ चैत २०७९ १०:२१

काठमाडौं। किसानलाई यतिबेला चैते धान रोप्ने चटारो छ । यस्तै कतैका किसान चैते धान रोप्न व्यस्त छन् भने कतैका किसानहरु यतिबेला उखु खेती लगाउनमा व्यस्त भेटिन्छन् ।

कैलालीका भजन नगरपालिका–८ खैरामा चैत धान रोप्दै महिला । यस क्षेत्रमा बर्खामा डुबान हुने भएको हुँदा अधिकांश क्षेत्रमा चैत धान खेती गरिन्छ ।

पाल्पा रामपुरमा व्यावसायिक उखु खेती सुरु । यहाँका युवाले अहिले गाउँघरमा लोप हुँदै गरेको उखु खेतीलाई व्यावसायीकरण गर्न सामूहिकरुपमा सुरु गरेका छन् ।

भेरी नगरपालिका कृषि विकास शाखाले कृषक, कृषक समूह, कृषि फर्मको माग अनुसार ५० प्रतिशत मुल्य अनुदान र शतप्रतिशत ढुवानी सहयोगमा मिनी टिलर (हाते ट्रयाक्टर) २१ वटा, कम्बाईन मिल ३ वटा, ईलेक्ट्रोनिक कर्ण सेलर–१ वटा, बताउने पङ्खा ६ वटा, ब्रस कटर १ वटा र हिल्याउने चक्का १ वटा गरी जम्मा ३३ वटा कृषि औजार उपकरणहरु कृषकहरुलाई हस्तान्तरण हुँदै ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *