गर्मीयाम नजिकिए सगैं यी खानेकुराले बनाउँछ पाचन क्रियालाई स्वास्थ

डिसी नेपाल
२१ चैत २०७९ १२:३२

काठमाडौं । गर्मीको मौसम आयो । चर्को घाम र गर्मीका कारण मानिसहरु प्रायः अल्छी लाग्नुका साथै बिरामी पर्न थाल्छन् । वास्तवमा शरीरमा पानीको कमीका कारण यो समस्याको सामना गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा हिट स्ट्रोकबाट बच्न आफ्नो डाइटमा यस्ता खानेकुरा समावेश गर्नुहोस्। जसले पाचन क्रियालाई राम्रो बनाउँछ र यो मौसममा फिट रहन मद्दत गर्छ। जानौं यी खानेकुराका बारेमा ।

पुदिना खानुहोस्ः ताजा पुदिनाको पातको सेवनले गर्मीबाट राहत पाउन सकिन्छ । यसमा पाइने मेन्थोलले शरीरलाई शीतल राख्न मद्दत गर्छ । यसका साथै गर्मीबाट पनि बच्न सकिन्छ ।

किवी खानुहोस्ः एक रिपोर्टका अनुसार किवीको नियमित सेवनले शरीरमा पानीको कमीलाई हटाउन सकिन्छ । यसमा पाइने पोटासियमले गर्मीबाट बच्न मद्दत गर्छ ।

आँप खानुहोस्ः यो सामान्य स्वास्थ्यको लागि वरदान भन्दा कम छैन। यसमा प्रोटिन, भिटामिन ए, बी६, सी, आइरन, फोलेट, म्याग्नेसियम, रिबोफ्लेभिन र डाइटरी फाइबर जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ। यसलाई गर्मीको लागि सुपरफुड मानिन्छ। गर्मीबाट बच्न चाहनुहुन्छ भने आँप खानुहोस् ।

काँक्रो धेरै खानुहोस्ः चर्को गर्मीमा आफूलाई हाइड्रेटेड राख्नको लागि काँक्रोको सेवन अवश्य गर्नुहोस्। यो पोषक तत्वको खजाना हो, यसमा भिटामिन–सी, भिटामिन–के, पोटासियम र म्यांगनीज जस्ता पोषक तत्वहरू पाइन्छ। जसले गर्मी मौसममा फिट रहन मद्दत गर्छ । विज्ञहरूका अनुसार मौसमी खानेकुरामा पानीको मात्रा भरपूर हुन्छ जसले शरीरलाई हाइड्रेट मात्र राख्दैन, पाचन प्रणालीलाई पनि बढाउँछ।

बेलको सरबत पिउनुहोस्ः बेलमा फाइबर प्रशस्त हुन्छ, यसले पाचन सुधार गर्न र कब्जियत हटाउन मद्दत गर्दछ। यसका साथै यसमा पाइने एन्टिअक्सिडेन्ट गुण र भिटामिन–सीले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *