टर्कीमा भूकम्पको भग्नावशेषमा पुरिएका नवजातले ५४ दिनपछि आमालाई भेटे

डिसी नेपाल
२२ चैत २०७९ १६:२८
180
Shares

काठमाडौं । तपाईलाई याद छ कि फेब्रुअरीमा टर्कीमा शक्तिशाली भूकम्प गएको थियो। ७.८ रेक्टर स्केलको यो भूकम्प यति शक्तिशाली थियो कि हजारौं मानिसको ज्यान गएको थियो । केही सातासम्म भग्नावशेषबाट शव बाहिर निस्किराखेका थिए ।

सोही भग्नावशेषबाट एक बालकलाई पनि जिउँदै निकालिएको थियो, जो त्यतिबेला मात्र दुई महिनाका थिए । अचम्मको कुरा यो थियो कि यो बालक १२८ घण्टासम्म भग्नावशेषमा दबिएका थिए ।

उनलाई भग्नावशेषबाट बाहिर निकालिएको थियो तर बच्चाकी आमा भूकम्पबाट बाँच्न नसकेको अनुमान गरिएको थियो । तर ५४ दिनपछि उनले आमालाई भेट्न पाए ।

भूकम्पमा विछोडिएका आमा छोराले ५४ दिनपछि भेट्नु सपनाभन्दा कम छैन । युक्रेनको आन्तरिक मन्त्रालयमा कार्यरत एन्टोन गेरास्चेन्कोले यो भावनात्मक खबर सार्वजनिक गरेका छन् ।

टर्कीको एक वेबसाइटका अनुसार यस बच्चाकी आमाको फरक अस्पतालमा उपचार भइरहेको थियो तर डीएनए परीक्षणपछि ५४ दिनपछि आमा छोराको मिलन सम्भव भएको हो ।

‘टर्कीमा गएको भूकम्पपछि १२८ घन्टा भग्नावशेष बिताएका बालकको तस्बिर तपाईलाई याद होला’, उनले ट्वीट गरेका छन् ‘सुरुमा भूकम्पमा बालककी आमाको मृत्यु भएको बताइएको थियो । तर पछि थाहा भयो आमा जिउँदै छिन् । उनको अर्कै अस्पतालमा उपचार भइरहेको थियो । ५४ दिन बिछोड र डीएनए परिक्षणपछि आमा छोराको पुनर्मिलन भएको छ ।’

यी आमा छोराले ५४ दिनपछि एकअर्कालाई भेटेको खबर सामाजिक सञ्जालमा भाइरल भएपछि इन्टरनेट प्रयोगकर्ताहरु उत्साहित भई आफ्नो प्रतिक्रिया दिइरहेका छन् । एक इन्टरनेट प्रयोगकर्ता भन्छन् कि यो धेरै राम्रो समाचार हो। जसका कारण प्रकृतिप्रतिको आस्था झनै बढेको छ ।

टर्कीका परिवार र सामाजिक मामिला मन्त्री डेरिया यानिकले पनि आमा र छोराको मिलनको यो मन छुने भिडियो आफ्नो ट्विटर एकाउन्टमा सेयर गरेकी छिन् ।

भिडियो शेयर गर्दै उनले ५४ दिनको दुरी अब सकिएको बताइन् । भूकम्प गएको १२८ घण्टापछि भटिन बेगदासमा भग्नावशेषबाट बालकलाई निकालिएको हो । हाम्रा नर्सहरूले यस बच्चाको नाम गिजेम बेबेब राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *