प्यालेस्टिनी मस्जिदमा इजरायली प्रहरीले छापा मारेपछि जेरुसेलम तनावग्रस्त
काठमाडौँ। एक प्यालेस्टिनी मस्जिदमा इजरायली प्रहरीले छापा मारेपछि जेरुसलेम भड्किएको प्रदर्शन तनावग्रस्त बन्न पुगेको छ।
जेरुसेलमस्थित अल आक्सा मस्जिदमा इजरायली प्रहरीले मंगलबार राति प्रवेश गरेर बुधवार बिहानसम्म खोजतलास गरे पछि जेरुसलममा बिशाल प्रदर्शन भएको हो। इजरायल प्रहरीले भने प्यालेस्टिनी लडाकु समूहका मोस्ट वान्टेड सूचीमा रहेकाको खोजीका लागि मस्जिदमा छापा मारेको जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रमादानको अवसरमा मस्जिदमा ठूलो संख्यामा मानिसहरु रहेको बखतमा खोजीको सूचीमा रहेका लडाकु रहेको आशंकामा ईजरायली प्रहरीले छापा मारेको हो। तर, मस्जिद प्रवेश गरेको इजरायली प्रहरीले ग्रिनेड प्रहार गरेको तथा बन्दुक पड्काएर स्थिति तनावग्रस्त गराएको जेरुसलमका मुश्लिम संघ संस्थाहरुको आरोप छ।
लडाकु खोज्ने नाममा धार्मिक स्थललाई आातंकित बनाउँदै इजरायली प्रहरीले मस्जिदमा रहेका सबैलाई बाहिर निकालेको घटनाको विरोध गर्दै जेरुसेलममा प्रदर्शन भड्किएको हो।







डिसी नेपाल







Facebook Comment