शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् रानी

डिसी नेपाल
२३ चैत २०७९ १२:४९
1.3k
Shares

मुम्बई। बलिउड अभिनेत्री रानी मुखर्जी हालका दिनमा आफ्नो रिलिज फिल्म ‘मिसेज चटर्जी वर्सेज नर्वे’को सफलताको उत्सव मनाइरहेकी छन्। आशिमा छिब्बरको निर्देशन रहेको फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ। फिल्ममा रानीको अभिनयको जोकोहीले तारिफ गरेका छन्।

‘राजाकी आएगी बारात’बाट बलिउडमा पाइला चालेकी उनले शाहरुख खानका साथ फिल्म ‘कुछ कुछ होता हे’मा अभिनय गरेपछि सफलता पाइन्। उनले हालैमात्र शाहरुखसँगको रोमान्सलाई आफूले जारी राख्ने बताएकी छन्।

उनले आफूले शाहरुखसँग अझै फिल्ममा काम गर्न चाहेको र ८० वर्षको उमेरसम्म शाहरुखसँगै रोमान्स गर्न चाहेको खुलासा गरेकी छन्। शाहरुख र रानीले ‘कुछ कुछ होता हे’, ‘चलते चलते’ र ‘कभी अलविदा ना कहना’ जस्ता फिल्ममा स्क्रिन शेयर गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *