ट्रम्पले असन्तुष्टी जनाउँदै भने – ‘अमेरिका नर्कमा जाँदैछ’
काठमाडौं । सन् २०१६ को चुनावअघि हानिकारक सूचना लुकाएको आरोपको सामना गरिरहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका नर्कमा जाँदैछ’ भनेका छन् ।
यस मामिलामा ट्रम्पलाई आफ्नो व्यापारिक रेकर्ड झूटो देखाएको आरोप लगाइएको छ। ट्रम्पले आफूलाई निर्दोष घोषणा गरेका छन् । मंगलबार म्यानहट्टन अदालतमा ट्रम्पविरुद्ध मुद्दा दायर गरिएको थियो।
यसमा पोर्न स्टार स्टर्मी डेनियललाई पैसा दिएको आरोप पनि समावेश छ । स्टर्मी डेनियलले ट्रम्पसँग आफ्नो अफेयर रहेको दाबी गरेकी छन् ।
ट्रम्प अमेरिकी इतिहासमा आपराधिक मुद्दामा मुद्दा सामना गर्ने पहिलो राष्ट्रपति हुन्।
फ्लोरिडामा अदालतमा हाजिर भएपछि उनले आफ्ना समर्थकहरूलाई भने, “मैले गरेको एउटै अपराध हो कि मैले आफ्नो देशलाई नष्ट गर्न चाहनेहरूबाट साहसपूर्वक बचाएको छु।”
उनले यो झूटा मुद्दा अर्को वर्ष हुन लागेको राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गर्ने षड्यन्त्रको एउटा हिस्सा भएको र यसपटक पनि आफूले चुनाव लड्ने बताए ।







डिसी नेपाल







Facebook Comment