भारतमा कोरोनाका नयाँ केस बढ्दै, पछिल्लो तथ्यांकले चिन्ता बढायो

डिसी नेपाल
२३ चैत २०७९ १४:५७
196
Shares

काठमाडौं । भारतमा फेरि पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय ३५ नयाँ कोभिड मामिला दर्ता भएका छन् ।

अहिले देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ५८७ पुगेको छ ।

यसअघि बुधबार देशभर ४ हजार ४ सय ३५ जनामा ​​कोरोना संक्रमण देखिएको थियो जुन गत वर्षको सेप्टेम्बर २५ यताकै उच्च हो ।

केरलामा सबैभन्दा बढी सक्रिय केसहरू छन् (८,२२९)। यसपछि दोस्रो नम्बरमा महाराष्ट्र छ जहाँ ३ हजार ८ सय ७४ कोरोना संक्रमितको उपचार भइरहेको छ ।

आधिकारिक तथ्यांक अनुसार पछिल्लो एक दिनमा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस अवधिमा कुल २ हजार ८ सय २६ कोरोना संक्रमित निको भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *