क्रिश्चियन महिलासँग बोलेको भन्दै मुस्लिम युवामाथी कुटपिट

डिसी नेपाल
२४ चैत २०७९ ८:४६
568
Shares

नयाँदिल्ली। क्रिस्चियन महिलासँग बोलेको भन्दै एक भारतीय मुस्लिम युवकमाथि कुटपिट भएको छ।

दक्षिण भारतको कर्नाटकको मेंगलुरुमा मुस्लिम युवकमाथि कुटपिट भएको हो। कुटपिटमा संलग्न चार जनालाई गिरफ्तार गरिए पछि यो घटना बाहिर आएको हो।

बिविसिका अनुसार गत मंगलवार ती मुस्लिम युवकमाथि कर्नाटकको बेलतांगडीमा कुटपिट भए पछि प्रहरीले कुटपिटमा संलग्नहरुको खोजी गरेको थियो।

बिबिसीका अनुसार गाडीमा बसेकी क्रिस्चियन महिलासँग ती युवकले बोलेको र सोही गाडीमै नै सवार रहेका चारजना युवकहरुले उनी माथी कुटपिट गरेका थिए।

सो कुटपिटमा संलग्न रहेको आरोपमा कर्नाटक प्रहरीले दिनेश, नितेश, अविनाश र सचिन नामक युवालाई पक्राउ गरेका छ। प्रहरीका अनुसार कुटपिटमा संलग्न युवाहरु ती क्रिस्चियन महिलाकै चिनजानका व्यक्ति भएको जनाईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *