सलमान भन्छन्- ओटीटीमा सेन्सरसिप आवश्यक
मुम्बई। बलिउड अभिनेता सलमान खानले ओटीटी प्लेटफर्मममा सेन्सरसिपको आवश्यकता रहेको बताएका छन्। एक अवार्डको पत्रकार सम्मेलनमा उपस्थित सलमानले ओटीटीमा सेन्सरसिपको आवश्यकता औल्याएका हुन्।
‘मलाई लाग्छ कि ओटीटीमा सेन्सरसिप आवश्यक कुरा हो। गालीगलोज, अश्लीलता र अन्तरंग दृश्यमा प्रतिबन्ध लगाउनुपर्छ। १५ देखि १६ वर्ष उमेर बालबालिका पनि ओटीटी हेर्छन्। यदि तपाईंको छोरी छ र उसले यी सबै कुरा हेर्छ भने उसलाई कस्तो लाग्ला । मेरो बुझाईमा यसका लागि सेन्सरसिप आवश्यक छ’, उनले भने।
सलमानअघि कैयौं सेलिब्रेटीले पनि ओटीटीमा सेन्सरसिप हुनुपर्ने माग राख्दै आएका छन्। सलमानको फिल्म ‘किसीका भाई किसीकी जान’ रिलिजको तयारीमा छ। फिल्म अप्रिल २१ मा रिलिज हुँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment