‘आँखाको नानी भित्र’मा विकाश र पुनमको रोमान्स

डिसी नेपाल
२५ चैत २०७९ ९:५४
288
Shares

काठमाडौं। गायक मेघ पौडलको आँखाको नानी भित्र बोलको गीतको भिडियो रिलिज गरिएको छ। सिडी बिजय अधिकारीको शब्द, संगीत रहेको सार्वजनिक गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ।

गोपाल रसाइलीको एरेन्ज रहेको सार्वजनिक गीतमा मिक्स र मास्टरिङ राजु कार्कीले गरेका हुन्। प्रेम र रोमान्सले भरिएको प्रेमगीतको भिडियोमा एक प्रेमील जोडीको रमाइलो कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्।

जसमा मोडल विकाश चौहान र पु्नम गौतमको प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोले मायामा डुबेपछि प्रेमी र प्रेमीकाको सुन्दरताको वर्णन गरेको कुरालाई मोडलद्धय विकाश र पुनम मार्फत देखाएको छ। उत्सब दाहालको छायांकन तथा विकाश दाहालको सम्पादन र कलिरिङ रहेको आँखाको नानीभित्र गायक स्वयंकै च्यानल अनिमेघ क्रियशनबाट बजारमा आएको हो।

भिडियोको निर्माण सपना मेघ पौडेलले गरेकी हुन्। जर्नी नामक एल्बमबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका गायक मेघका इन्टु मिन्टु लण्डन, मनै त हो, ह्याप्पी बर्थ डे, सायद, तिमी छौ र म छु, हामी वीर गोर्खाली, लगायतका दजैनौँ गीतहरु बजारमा आइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *