गाजा पट्टी र लेबनानमा इजरायली जवाफी कारवाही, प्यालेस्टाइन चरमपन्थी समूह हमास निशानामा
काठमाडौं । इजरायलको सेनाले लेबनान र गाजा पट्टीमा प्यालेस्टिनी चरमपन्थी समूह हमाससँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ।
इजरायलले दक्षिणी लेबनानबाट इजरायलमा ठूलो रकेट आक्रमणको जवाफमा गाजामा भारी बमबारी गरेको जनाएको छ। गत अगस्ट यता गाजा पट्टीमा इजरायलको यो सबैभन्दा ठूलो कारवाही हो ।
इजरायलले दक्षिणी लेबनानबाट भएको रकेट आक्रमणको लागि हमासलाई दोष दिएको छ। इजरायलको आक्रमणको जवाफमा गाजाका प्यालेस्टिनी लडाकूहरूले पनि दक्षिणी इजरायलमा रकेट प्रहार गरेका थिए।
लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले आफ्नो देशको माटोबाट क्षेत्रीय स्थायित्वलाई खतरामा पार्ने कुनै पनि उत्तेजक कार्य नभएको बताएका छन्।
लेबनानको शक्तिशाली मिलिशिया सङ्गठन हिज्बुल्लाहको यी आक्रमणहरूमा कुनै भूमिका रहेको बताइएको छैन। लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति सेनाले इजरायल र लेबनान दुवैले युद्ध नचाहेको आश्वासन दिएको बताएको छ ।







डिसी नेपाल







Facebook Comment