बंगलादेशमा दुई विरोधी समूहबीच भएको सशस्त्र झडपमा ८ जनाको मृत्यु

डिसी नेपाल
२५ चैत २०७९ ११:३७
76
Shares

काठमाडौं । बंगलादेश प्रहरीले दुई विरोधी समूहबीच भएको गोली हानाहानमा आठ जनाको मृत्यु भएको जनाएको छ ।

यो घटना बिहीबार साँझ देशको दक्षिणी भेगस्थित बन्दरवन जिल्लाको रावाङचरी गाउँमा भएको हो ।

मृतकको शवमा वर्दी रहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट हतियार पनि बरामद भएको छ ।

घटनामा संलग्नहरू पृथकतावादी समूह कुकी-चिन नेशनल फ्रन्टको प्रतिद्वन्द्वी गुटमा संलग्न रहेको रिपोर्टहरू छन्।

बंगलादेश सरकारले अक्टोबरमा यस समूहविरुद्ध कारबाही सुरु गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *