उत्तर कोरियाले फेरि पानीमुनि परमाणु ड्रोन परीक्षण गर्यो

डिसी नेपाल
२५ चैत २०७९ ११:३९
96
Shares

काठमाडौं । उत्तर कोरियाले फेरि पानीमुनि परमाणु ड्रोन परीक्षण गरेको छ । समाचार एजेन्सी एएफपीले उत्तर कोरियाको आधिकारिक मिडियालाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

करिब पन्ध्र दिनअघि उत्तर कोरियाले पानीमुनि परमाणु ड्रोन परीक्षण गरेको दाबी गरेको थियो ।

उत्तर कोरियाको आधिकारिक मिडियाले आणविक युद्ध हेडले सुसज्जित यो ड्रोनले शत्रुलाई नष्ट गर्ने दाबी गर्दै आएको छ ।

उत्तर कोरियाका आलोचकहरूले उसले लगातार आफ्नो आणविक हतियारको क्षमता बढाएको आरोप लगाउँदै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *