न्युक्यासल तेस्रो स्थानमा उक्लिँदा म्यानचेस्टर चौथोमा झर्यो
काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड पुनः तेस्रो स्थानमा उक्लिएको छ।
आज भएको खेलमा न्युक्यासलले ब्रेन्टफोर्डमाथि २-१ गोल अन्तरले जीत निकाल्दै तेस्रो स्थानमा उक्लिएको हो। न्युक्यासल तेस्रो स्थानमा उक्लिएसँगै म्यानचेस्टर युनाइटेड भने चौथो स्थानमा झरेको छ।
पहिलो हाफको २९ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न भने असफल भए पनि पुन खेलेको अन्तिम समयमा पाएको पेनाल्टीमा इभान टोनी गोल गर्न सफल भए पछि खेल ब्रेन्टफोर्डले १-० को अग्रता लियो।
तर, दोस्रो खेलको ५४ औं मिनेटमा न्युक्यासलका डेभिड रायाले गोल गरेपछि खेल १-१ को अवस्थामा पुग्यो भने ६१ औं मिनेटमा एलेक्जेन्डर इस्कले गोल गरेपछि न्युक्यासलले २-१ को सहज जीत निकाल्यो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment