नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेको चेल्सी पराजित
काठमाडौं। नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेका भएपनि इंग्लिस प्रिमियर लिगमा चेल्सीले पराजय भोग्नु परेको छ।
घरेलु टोली वल्भ्ससँग चेल्सीले १-० ले पराजय भोग्नु परेको हो। चेल्सीको पराजयमा वल्भ्सका म्याथिअस नुनेसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो।
हालै मात्रै अन्तरिम प्रशिक्षकमा रुपमा नियुक्त भएका फ्रान्क लाम्पार्डको उपस्थितिमा भएको पहिलो खेलमा चेल्सीले पराजय भोग्नु परेको हो।
यस पराजयसँगै ३० खेलबाटै ३९ अंक जोडेर चेल्सी ११औं स्थानमा छ रहेको छ भने जितसँगै वल्भ्स ३० खेलबाट ३१ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment