सांगीतिक यात्रामा मंगाेलियन हार्ट

डिसी नेपाल
२६ चैत २०७९ ८:३१
1.7k
Shares

काठमाडाैं। समूह गायनमार्फत स्थापित ‘मंगाेलियन हार्ट’ले सांगीतिक यात्रा प्रारम्भ गर्नेभएको छ। सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन्। विशेष गरेर ‘पप’ विधाको गीत-संगीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन्।

गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको संगीत बजारको उतार-चढावले पारेको प्रभावमा अपवाद रहेन। ‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको मंगाेलियन हार्ट पाँच वर्ष अगाडिदेखि पुनः सक्रिय छ। उही र उस्तै शैलीमा समूहसँगै गायक लामा समेत ‘स्पटलाइट’मा चम्किएका छन्।

सांगीतिक भाषामा ‘ब्याण्ड’ भनिने मंगाेलियन हार्टले स्वदेशसँगै विदेशमा समेत कार्यक्रमलाई तीव्रता दिएको छ। स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा अष्ट्रेलियामा यात्राको आयोजना गरिएकोे गायक लामाले जानकारी दिए।

“हामी पुराना सम्बन्ध नवीकरण गरिरहेका छौँ र उत्साहित पनि छौँ । केही समय अलमल भए पनि हामी लयमा फर्किएका छाैं”, उनले भने। लोक, स्लोरक, पप मेलोडी संगीतका लागि प्रिय मानिने समूहमा रिदम गितारमा बबि लामा, ड्रममा सन्तोष थापामगर, लिडगितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।

यही चैत २७ मा अष्ट्रेलियाको मेलवर्नबाट सुरु हुने समूहका व्यवस्थापक बबि लामाले जानकारी दिए। यो समूहको ‘बाँदलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ गीत लोकप्रिय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *