प्रि-ओपन सेसन नेप्सेमा सामान्य सुधार

डिसी नेपाल
२६ चैत २०७९ ११:२६

काठमाडौँ। प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ।

नेप्से परिसुचकमा ०.६८ अंकले वृद्धिभइ १८६७.४६ विन्दुमा आएको छ। यससँगै ४ कम्पनीको १३० कित्ता सेयर खरिदबिक्री हुँदा ३४ हजार ३५४ रुपैयाको कारोबार भएको छ।

यो सेसनमा कुल २ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ।

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ। एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *