प्रीति जिन्टाकी छोरीलाई जबरजस्ती चुम्बन गरियो
काठमाडौं । अभिनेत्री प्रीति जिन्टाले आफ्नो पछिल्लो इन्स्टाग्राम पोस्टमा हालैका दुई घटना उल्लेख गरेकी छिन् जसले उनलाई निकै सताएको छ ।
प्रीति जिन्टाले एक महिलाले आफ्नी नवजात छोरीको तस्बिर खिचेर जबरजस्ती किस गरेको बताएकी छन् ।
दोस्रो घटनाको स्मरण गर्दै उनले ह्वीलचेयरमा बसेका एक व्यक्तिले उनलाई जबरजस्ती रोक्न खोजेको र पैसा मागेको बताइन् ।

पहिलो घटनालाई उद्धृत गर्दै प्रीति जिन्टाले भनिन् कि एक महिलाले उनकी छोरी जियाको तस्बिर लिन चाहन्थिन् तर उनले मानिनन् त्यसपछि अचानक छोरीलाई काखमा लिएर मुखमा चुम्बन गरिन् ।
ती महिला एलिट बिल्डिङमा बस्ने र आफ्ना छोराछोरी बगैँचामा खेलिरहेका बेला घटना भएको प्रीतिले बताइन् । उनले आफू सेलिब्रेटी नभई साधारण महिला भएको भए निकै नराम्रो प्रतिक्रिया दिने बताइन् ।
इन्स्टाग्राममा आफ्नो पोस्टको अन्त्य गर्दै, उनले लेखिन् कि आफ्ना बच्चाहरूको गोपनीयता उल्लङ्घन गर्नु हुँदैन र आफ्ना बच्चाहरू कुनै पनि ‘प्याकेज सम्झौता’ को हिस्सा होइनन्।







डिसी नेपाल







Facebook Comment