बुर्किना फासोमा दुई चरमपन्थी हमलामा ४४ जनाको मृत्यु
काठमाडौं । उत्तरी बुर्किना फासोमा बिहीबार भएका दुई आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । एक अधिकारीले यी मृत्युको पुष्टि गरेका छन्। दुई हमला नाइजरको सीमा नजिकै सहेल क्षेत्रको कोराकु र टोन्डोबी गाउँमा भएका थिए।
कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन, तर यस क्षेत्रमा जिहादी हिंसा प्रायः हुने गर्दछ। अधिकारीहरूले यसको लागि “सशस्त्र आतंकवादी समूह” लाई दोष दिएका छन्।
चरमपन्थी संगठन अलकायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थी समूहहरू यस क्षेत्रमा सक्रिय छन्।
सहेल क्षेत्रका लेफ्टिनेन्ट गभर्नर रोडोल्फो सर्गोले भने कि “घृणित र बर्बर आक्रमण” का लागि जिम्मेवार आक्रमणकारीहरूलाई निष्क्रिय पारिएको छ।
यस हमलामा गाउँका धेरै मानिस घाइते भए पनि उनीहरुको संख्या भने खुल्न सकेको छैन । लेफ्टिनेन्ट गभर्नरले क्षेत्रमा स्थायित्व ल्याउन प्रयास भइरहेको बताए ।
गाउँका एक बासिन्दाले एएफपी समाचार एजेन्सीलाई बताए कि “धेरै संख्यामा आतंककारीहरू गाउँमा प्रवेश गरे” र रातभर गोली चल्यो।
उनले भने, “शुक्रबार बिहान हामीले धेरै मानिसको मृत्यु भएको देख्यौं।”
एएफपीले रिपोर्ट गरेको छ कि यी आक्रमणहरू केही दिन अघि गाईवस्तु चोर्न खोजेका दुई जिहादीहरूलाई मारिएपछि भएको हो।







डिसी नेपाल







Facebook Comment