इरानमा महिलाले हिजाब लगाएको निगरानी गर्न क्यामेरा जडान

डिसी नेपाल
२६ चैत २०७९ १२:४७
44
Shares

काठमाडौं । इरानमा महिलाले हिजाब लगाएको कुरामाथि नजर राख्न सार्वजनिक स्थानमा क्यामेरा जडान गरिएको छ ।

यो घोषणा गर्दै, प्रहरीले कपाल नछोप्ने महिलाको पहिचान गरेपछि उनीहरूलाई “सन्देशहरू मार्फत” चेतावनी दिइने बताएको छ।

यसले “हिजाब कानून विरुद्धको विरोध” लाई रोक्न मद्दत गर्ने प्रहरीले जनाएको छ।

गत वर्ष महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशैभर हिजाबविरुद्ध विरोध प्रदर्शन सुरु भएको बेला इरानमा यो निर्णय गरिएको हो । महसा अमिनीलाई हिजाब नलगाएको भन्दै पक्राउ गरिएको हो ।

त्यसयता धेरै महिलाले हिजाब फुकालेर विरोध गरे र यो विरोधको प्रभाव इरानसँगै विदेशमा पनि देखिएको थियो ।

सन् १९७९ मा इरानी क्रान्तिपछि देशमा धार्मिक कानूनलाई कडाइका साथ लागू गरियो र यसअन्तर्गत महिलाहरूले हिजाब लगाउन अनिवार्य गरिएको थियो। हिजाब नलगाउँदा महिलाले जरिवाना वा सजाय भोग्न सक्नेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *