यो घरअगाडि पुग्नेबित्तिकै कारहरू एक्कासी किन अनियन्त्रित हुन्छन् ?

डिसी नेपाल
२६ चैत २०७९ १६:४०
216
Shares

काठमाडौं । कार दुर्घटनाका कारण एक व्यक्ति घर छोड्न बाध्य भएका छन् । उनको भाग्य यति खराब थियो कि प्रायः कुनै न कुनै गाडी आएर उनको घरमा ठोक्किन्थ्यो। उनको घरमा एक–दुई पटक होइन १७ पटक विभिन्न गाडीले क्षति पुर्याएको थियो ।

डेली स्टारको रिपोर्ट अनुसार उक्त व्यक्तिको नाम जुनियस मेरिवेदर हो । उनी अमेरिकाका बासिन्दा हुन् । उनको घर सडकको छेउमा थियो । दुर्भाग्यवश, कार दुर्घटनाहरू बारम्बार हुन थाले। जसका कारण उनी घर छोड्न बाध्य भए ।

विगत एक दशकमा उनको घरमा १७ वटा विभिन्न कार ठोक्किएका थिए । यस्ता दुर्घटनाका कारण कहिले उनको घरको भित्तो भत्किएको छ भने कहिले कम्पाउण्डको पर्खाल । एकपटक बगैँचाको रेलिङ भत्काएर तीव्र गतिमा गुडिरहेको कार भित्र पस्यो, जुनियससँग यस्ता घटना भइरहेका छन् ।

२०१९ मा, स्टार्क स्ट्रीटमा उनको घर बाहिर जडान गरिएको सीसीटीभी क्यामेरामा एक दुर्घटना कैद भएको थियो। यस क्रममा कारको सिसा फुटेर उनको ढोकामा ठोक्कियो । यसबारे जुनियसले घरको कुनै सदस्य बाहिर बसेको भए नराम्ररी घाइते हुने बताए ।

जुनियस भन्छन्– मेरो घरमा बारम्बार गाडी पस्छन् । यो अहिलेसम्म १७ पटक भएको छ। तर अब हुनेछैन। म यो घर छोड्दै छु। तर, म अझै त्यहीँ बस्न चाहन्थेँ । तर, बाध्यतामा यस्तो निर्णय गर्नुपर्ने हुन्छ ।

जुनियसका अनुसार- मेरो बीमा कम्पनीले घर मर्मत गर्न लाखौं डलर खर्च गरेको छ। तिनीहरूले फेरि एक पटक मर्मत गर्नुपर्ने हुन सक्छ। त्यसैले घर भाडामा लिएर अर्को ठाउँमा सिफ्ट गर्नु राम्रो हुन्छ ।

जुनियसका अनुसार उनको घर सडकको छेउमा बनेको छ । सोही ठाउँमा एउटा मोड पनि छ, जसले बारम्बार दुर्घटना हुने गरेको छ । यसका लागि उनले प्रशासनलाई जानकारी गराए । तर त्यहाँ न ब्रेकर बनेको छ न ट्राफिक चेतावनी। तर, जुनियस आफैंले दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न घरको चारैतिर पर्खाल बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *