अर्थतन्त्रमा चाँडै सकारात्मक परिवेश सिर्जना हुन्छः अर्थमन्त्री महत

डिसी नेपाल
२६ चैत २०७९ १८:०३

काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्याहरुलाई सुधार गरेर नै अघि बढ्नुपर्ने बताएका छन्।

आइतबार सिंहदरबारमा आर्थिक मिडिया संचालक संघसंगको छलफलका क्रममा अर्थमन्त्री महतले राजस्वको आन्तरिक र बाह्य समस्याका कारण राजस्व न्युन भएको अवस्थामा अर्थतन्त्रमा देखिएका समस्याहरुलाई सुधार गरेर नै अघि बढ्नुपर्ने बताएका हुन्।

उनले मुलुकको अर्थतन्त्रमा चाँडैनै सकारात्मक परिवेश सिर्जना हुने दाबी गरे। उनले अर्थमन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा अर्थतन्त्र सुधारका लागि आवश्यक मौद्रीक नीतिमा ध्यान दिइने बताए।

साधारण खर्चलाई कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उनले बताए। अर्थमन्त्री महतले बजेट आउन थोरै समय बाँकी रहेका बेला सरोकारवाला सवै निकायसँग छलफल गरेर काम गर्ने जिकिर गरे।

उनले स्वदेशी र वैदेशिक लगानीको वातावरण बनाउदै आम्दानीको दायरालाई बढाउने सरकारको लक्ष्य रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *