पर्यटन मन्त्रालयद्वारा सबै पर्यटन दूत बर्खास्त

डिसी नेपाल
२७ चैत २०७९ ७:०६
268
Shares

काठमाडौं। पर्यटन मन्त्रालयले बहालवाला सबै पर्यटन पर्यटन दूत बर्खास्त गरेको छ।

‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै पर्यटन दूतहरूलाइ बर्खास्त गरेको हो।

निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा विभिन्न मुलुकमा नियुक्त गरिएका २५ जना पर्यटनदूतको नियुक्ति खारेज गरेकाे जनाइएकाे छ।

यसैगरी, पर्यटनमन्त्री सुदन किरातीले आइतबार मन्त्रीस्तरीय निर्णय गरी नेपालगञ्जबाट भारतका विभिन्न सहरमा अन्तर्राष्ट्रिय उडान पहल गर्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *