के तपाई ट्वाइलेटमा मोबाइल चलाउनुहुन्छ? यस्तो हुन सक्छ!

डिसी नेपाल
२७ चैत २०७९ ९:५७

काठमाडौं । अहिलेको जमानामा मोबाइलबिना दैनिकी चल्न गाह्रो भएको छ। अफिसदेखि बजारसम्मका अधिकांश काम स्मार्ट फोनबाट मात्रै हुने गरेको छ । हामी राती सुत्दा पनि फोनमा टाँसिन्छौं तर हद तब पुग्छ जब कोही मानिसले ट्वाइलेटको सिटमा बसेर पनि मोबाइलमा गेम खेल्ने च्याट गर्ने वा विभिन्न भिडियो हर्ने गर्दछन् । के तपाईलाई थाहा छ त्यसो गर्नु स्वास्थ्यका लागि कत्तिको खतरनाक हुन्छ ? । आउनुहोस् आज हामी ट्वाइलेटमा मोबाइल चलाउनुका बेफाइदाका बारेमा बताउँनेछौं ।

शौचालयमा मोबाइल प्रयोग गर्दा हुने बेफाइदाः

ब्याक्टेरियाको जोखिम– ट्वाइलेटमा जताततै हानिकारक ब्याक्टेरिया हुन्छन्। त्यहाँ बसेर मोबाइल चलाउँदा एउटै हातले मग, जेट स्प्रे, ट्वाइलेट कभर र फ्लस बटन छुने गर्दछ । जसका कारण सेलफोनको स्क्रिनमा धेरै प्रकारका हानिकारक कीटाणुहरू जम्मा हुन्छन् । तपाईले आफ्नो हात साबुनले सफा गर्न सक्नुहुन्छ, तर मोबाइललाई कीटाणुरहित बनाउँदैनौं । फेरि स्मार्ट फोन छुँदा किटाणुहरु खाना खाँदा पेटमा पस्ने गर्दछ जसका कारण पेट दुख्ने, कब्जियत हुने, अपच हुने र पिसाब नलीमा संक्रमण हुने खतरा बढ्छ ।

पखाला– जब मोबाइल बोकेर ट्वाइलेटमा जानुहुन्छ । उक्त मोबाइलमा ब्याक्टेरिया संगै बाहिर आउने गर्दछ । हामीले खाना खाँदा सोही मोबाइल प्रयोग गर्दछौं । त्यही ब्याक्टेरिया हामीले खाना संगै खाने गर्दछौ र आन्द्रामा पुगेर पखालाजस्ता समस्याको कारण बन्ने गर्दछ। यसले आन्द्रा सुन्निने तथा पेट सम्बन्धि विभिन्न प्रकारका रोगहरु लाग्ने गर्दछ ।

पाइल्स– पायल्स हुनुको पछाडि धेरै कारण हुन सक्छन् तर यो सामान्यतया कमजोर पाचनका कारण हुन्छ । अहिलेको युगमा शौचालयमा मोबाइल फोनको प्रयोगका कारण पनि यो रोग बढ्दै गएको पाइन्छ । मोवाइलले गर्दा लामो समय ट्वाइलेटमा बिताएको पत्तो हुँदैन। जसका कारण तपाईंको मलद्वारबाट रगत आउन थाल्छ र मलाशयमा धेरै जलन हुन्छ। यस बाहेक लगातार शौचालयमा बस्दा जांघको मांसपेशीमा पनि नराम्रो असर पर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *