टेबल टेनिसको १० सदस्यीय टोली आज कोरिया जाँदै

डिसी नेपाल
२७ चैत २०७९ १०:०१
160
Shares

काठमाडौँ। दोश्रो एसपिसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन खेलाडीहरु आज दक्षिण कोरिया जाँदैछन्। सो प्रतियोगितमा भाग लिनका लागि ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्न लागेका हुन्।

सो नेपाली टिममा जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् भने भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन्। साथै, टेबल टेनिस प्रशिक्षक ज्याकी महर्जन पनि टोलीमा रहेका छन्।

प्रतियोगिता अप्रिल १० देखि १८ तारिखमा हुनेछ। टेबल टेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी गराए।

दक्षिण कोरिया जान लागेका टोलीलाई सफलताको शुभकामना दिदै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बिदाइ गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *