भूगोल इनर्जीको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

डिसी नेपाल
२७ चैत २०७९ १०:४३
120
Shares

काठमाडौँ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ।  आज कार्यालय समयसम्म लगानीकर्ताले आवेदन दिन पाउने छन्।

कम्पनीले चैत २३ गतेदेखि सर्बसाधारणको लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी गरेको आईपीओमध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्म आवेदन दिन पाउने छन्। यस आईपीओमा लगानीकर्ताले चैत २७ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवेदन नपरेको खण्डमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

यस आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। रेटिङ एजेन्सी इक्रा नेपालले मोलुङको इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *