सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२७ चैत २०७९ ११:०२
3.2k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले घटेर प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ३० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *