ग्रीन डेभलपमेन्ट बैंकले गर्यो लाभांश दिने घोषणा
काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३.८० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्नको लागि ०.२० प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
कम्पनीले हाल कायम चुक्तापुँजी ५१ करोड ९० लाख रुपैयाँको ३.८० प्रतिशतले हुन आउने १ करोड ९७ लाख २२ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशतले हुन आउने १० लाख ३८ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्नेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment