हिमाचल प्रदेशको कुल्लुमा भीषण आगलागी, धेरै पसल जलेर नष्ट

डिसी नेपाल
२७ चैत २०७९ १३:०३
80
Shares

काठमाडौं । हिमाचल प्रदेशको कुल्लु जिल्लामा केही घण्टाअघि आगलागीका कारण धेरै पसलहरू जलेर खरानी भएका छन् ।

यसबारे जानकारी दिँदै सोमबार बिहान आगलागी भएको स्थानीय जिल्ला प्रशासनले जनाएको छ । तर, अहिलेसम्म आगलागीबाट कोही पनि घाइते नभएको बताइएको छ ।

कुल्लुका डिप्टी कमिश्नर आशुतोष गर्गले भनेका छन्, ‘बंजारको बजारमा राती २ देखि २ः३० बजेतिर आगलागी भएको थियो । र आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट ९ पसल र ४ साना आवासीय संरचना पूर्णरुपमा जलेर नष्ट भएको उनले बताए । यसबाहेक ४–५ पसलमा सामान्य क्षति पुगेको छ । कसैको मृत्यु भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *