अमृतपाल खोज्न भारतीय सुरक्षा संयन्त्र नेपाल आउनु कानून बिपरित भयो : रघुजी पन्त (भिडियो)

डिसी नेपाल
२७ चैत २०७९ १५:०७

काठमाडौं ।  एमाले नेता रघुजी पन्तले भारतीय सुरक्षा संयन्त्र अमृतपाल सिंहलाई खोज्न नेपाल आउनु कानून बिपरित भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बैठकमा पन्तले यस विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताएका हुन् । उनले बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपाल भित्र पसेर खोजविन गर्ने अधिकार नदिएकाले पनि सरकार सतर्क हुनुपर्ने जिकिर गरे । अमृतपाल खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउँदा मुलुककै सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा भएको उनको भनाइ छ ।

अहिले विखण्डनको आन्दोलन गरेका अमृतपाललाई भारतीय प्रहरीले खोजिरहेको छ भने उनी नेपाल आएको हुनसक्ने भन्दै नेपालस्थीत भारतीय दूतावासले नेपाललाई पत्र समेत लेखेको समाचार प्रकाशित भएका थिए ।

हेनुहोस् भिडियो:

b




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *