नेप्से परिसूचक साढे ५ अंकले बढ्यो

डिसी नेपाल
२७ चैत २०७९ १५:१८
148
Shares

काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ५.५२ अंकले बढेर १८४४.०२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ अङ्कले बढेर ३४९.६६ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड १९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज ६ करोड ८४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सानिमा मिडल तमोर हाइड्रोपावर र एनआईसी एशिया बैंकको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसुचकमध्ये १ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा सानिमा मिडल तमोर हाइड्रोपावर र कालिनचोक दर्शनका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, ग्लोबल आईएमई लघुवित्त र बलेफी हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *