अफ्रिकी देश चाडले जर्मन राजदूतलाई किन निष्कासन गर्यो ?
काठमाडौं । अफ्रिकी देश चाडले जर्मन राजदूत जान क्रिस्चियन गोर्डन क्रिकलाई ‘पर्सोना नन ग्राटा’ (व्यक्ति अवांछनीय) घोषणा गरेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार क्रिकलाई चाडबाट बाहिरिन ४८ घण्टाको समय दिइएको थियो ।
चाडका विदेशमन्त्री महामत सालेह अनादिफले भनेका छन्, ‘चाडमा तैनाथ जर्मन राजदूत जान क्रिस्टियन गोर्डन क्रिकले शनिबार राति एयर फ्रान्सको उडान भरेका थिए।’
उनी चाडबाट प्रस्थान गरेको समाचार एजेन्सी एएफपीले पनि पुष्टि गरेको छ ।
अधिकारीहरूले उनलाई निष्कासन गर्नुको कारण भने आधिकारिक रूपमा खुलाएका छैनन्।
तर चाड सरकारका एक अधिकारीले नाम न छाप्ने सर्तमा सम्बन्धित राजदूतले सरकारको काममा अत्यधिक हस्तक्षेप गरिरहेको बताए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment