ताइवानलाई ‘हवाई नाकाबन्दी’ गर्न चीनकाे युद्ध अभ्यास
काठमाडौं। चीन र ताइवानकोबीचकाे द्वन्द्व चरम अवस्थामा पुगेको। ताइवानको सीमा नजिक युद्ध अभ्यास सुरु गरेको चीनले ताइवान माथि ‘हवाई नाकाबन्दी’को लगाउने प्रयास स्वरुप नयाँ युद्ध अभ्यास गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार चीनले सोमवार युद्ध अभ्यासको क्रममा अप्रत्यक्ष रुपमा ताइवानको घेराबन्दीसमेत गरेको छ। सो क्रममा दर्जनौ लडाकु बिमानलाई ताइवानको हवाई क्षेत्रलाई बन्द गर्ने गरी अभ्यास गरेको जनाइएको छ।
ताइवानकी राष्ट्रपति साई इंग वेनले अमेरिकाका प्रतिनिधिसभाका सभाका सभामुख केविन मैक्कार्थीलाई भेट गरे पछि आक्रोशित चीनले ‘हवाई नाकाबन्दी’को अभ्यास गरेको हो।
चीनले जारी गरेको एउटा जानकारीमा भनिएको छ, ‘गोला बारुदले भरिएको बिमान ताइवान माथि हमला गर्नका लागि अभ्यास गरिएको हो।’ यो युद्ध अभ्यासमा चीनले शेडोंग बिमानबाहक युद्धपोत पनि समावेश गरिएको थियो।
चीनका इस्टर्न थिएटर कमाण्डका अनुसार गोला बारुदले भरिएका दर्जनौं एच-सिक्स के लडाकु बिमान ताइवान माथि हमला गर्नका लागि अभ्यासमा ल्याइएको हो। चीनले ताइवानलाई धम्काएको यो पहिलो घटना भने होइन, यस्तो धम्काउने कार्य चीनले बेला बेलामा गर्दै आएको छ। जो अहिले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेर फेरि सुरु गरेको हो।
उता, सो युद्ध अभ्यासलाई लिएर ताइवानको रक्षा मन्त्रालयले हिन्द-प्रशान्त क्षेत्रमा चीनले शान्ति र स्थिरताको गम्भिर उलङघन गरिरहेको जनाएको छ। ताइवानले अन्य देशलाई यो पनि आग्रह गरेको छ कि चीनको यो अन्तर्राष्ट्रिय सीमामा गरेको युद्ध अभ्यास बिरुद्ध आफनो धारणा बाहिर ल्याउन जरुरी छ।







डिसी नेपाल







Facebook Comment