आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गर्भनरकाे आज पत्रकार सम्मेलन

डिसी नेपाल
२८ चैत २०७९ १०:०३
8.3k
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन्।

बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएकाे, आर्थिक वृद्धिदर घटेकाे, आयातकाे मात्रा बढेकाे तर निर्यात घटेकाे, राजश्व कम उठेकाे लगायतकाे समस्यालाई लिएर गर्भनर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन्। पत्रकार सम्मेलन आज अपरान्ह १ बजे हुनेछ।

बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन्। उनले सो पत्रकार सम्मेलनमार्फत ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *